२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


डुबेर दुई विद्यार्थीको मृत्यु


0
Shares

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगन्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाँदैगर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए ।

नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो । रासस