
काठमाडौं महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भने–‘अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित् समयमा सकिँदैन ।’
भ्यू टावर निर्माणका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो ।
वि.सं. २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोइ विल्ड र कामपाबीच निर्माणका लागि सम्झैता भएको थियो ।
नियमअनुसार सम्झौता भएको पाँच वर्षमा निर्माणको काम सक्नुपर्नेछ । हाल टावर निर्माका लागि दैनिक ५० जना कामदार खटिएका छन् ।
सुरुमा २९ तल्लाको निर्माण गर्ने भने पनि २०७२ सालको भूकम्पले गर्दा १२ तत्लाको बनाउने तयारी गरिएको छ ।
निर्माण अवधिभरि निर्माण गर्ने कम्पनीले वार्षिक रु ९८ लाख र निर्माणपश्चात् वार्षिक रु दुई करोड ३५ लाखको दरले तिर्नुपर्छ भने वार्षिक पाँच प्रतिशतका दरले रोयल्टीमा वृद्धि हुनेछ ।
टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने, पर्यटनलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, उच्चस्तरीय सामान एकै स्थानमा प्राप्त गर्नसकिने बताइएको छ ।
करिब २३ रोपनी पाँच आना जमिनमा टावर निर्माण हुनेछ । सार्वजनिक–निजी साझेदारिताका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सन्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधि ‘बुट’मार्फत् ३० वर्ष टावर निर्माण पक्षले सन्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्