२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अत्याधुनिक सुविधासहितको बस सञ्चालन, यस्ता छन् सुविधा


0
Shares

म्याग्दी र मुस्ताङबाट काठमाडौं जाने यात्रुलाई लक्षित गरी म्याग्दी कोरला मुभर्स एन्ड ट्राभल्स् कम्पनीले ६ करोड रुपैयाँको लगानीमा एयर कन्डिसनयुक्त आरामदायी सुपर डिलक्स बस सेवा सुरु गरेको हो ।

पहिलो चरणमा १० वटा मिनीबार सुविधासहितको एसी डिलक्स बसबाट सेवा शुरु गरिएको कम्पनीका अध्यक्ष सुरत केसीले बताए । मिनीबार सुविधा रहेको बसमा चढ्ने यात्रुलाई पानी, चिसो र चियासहितको सेवा उपलब्ध हुने छ ।

बसभित्रै शौचालय, आराम कोठा, वाईफाई इन्टरनेटसँगै महत्वपूर्ण सामानको सुरक्षाका लागि पासवर्डसहितको लकरको व्यवस्था गरिएको छ ।

सडक सञ्जालको स्तरोन्नतिलगत्तै छिमेकी राष्ट्र चीन र भारत जोड्ने अन्तरदेशीय बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोरलासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने कम्पनीको योजना छ ।