
बिहीबार २० वर्ष पुरानो मुद्दामा जोधपुर अदालतले फैसला सुनाएको हो । सलमानलाई दोषी ठहर गरिए पनि सजाय तोकिएको छैन । उक्त कसुरमा ६ वर्षसम्म जेल सजाय हुने कानून व्यवसायीहरु बताउँछन् ।
सोही मुद्दामा सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे, नीलमलाई भने अदालतले सन्देहको लाभमा सफाइ दिएको छ ।
चलचित्र ‘हम साथ साथ हे’ को छायांकनको सिलसिलामा उनीहरुले कालो हरिणको शिकार गरेको अरोप लागेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्