२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘चर्को शुल्क लिने विद्यालयलाई कारबाही’


0
Shares

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघले सरकारले तोकेको मापदन्ड र विधिको ठाडो अवज्ञा गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्नेगरी गरिएको शुल्कवृद्धि खारेज गर्न मन्त्री पोखरेललाई आग्रह गरेका हुन् ।

अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अधिकारसम्पन्न र प्रभावकारी अनुगमन समिति बनाइ मापदन्डविपरीत शुल्क लिने विद्यालयलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन माग गरिएको जानकारी दिए ।

विद्यार्थी संगठनले शिक्षा ऐन (२०२८) को नवौं संशोधन खारेज गरी दशौं संशोधनको प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् ।

उनीहरुले नवौं संशोधनमार्फत् उल्ट्याइ २५ प्रतिशत खुला र ७५ प्रतिशत आन्तरिकबाट पदपूर्ति बनाइएकाले अहिलेको व्यवस्थालाई खारेजी गर्दै दशौं संशोधनमार्फत् ५१ प्रतिशत खुला र ४९ प्रतिशत आन्तरिकको दरबन्दी छुट्याउन माग गरेका छन् ।

‘मापदन्डविपरीत भए कारबाही’
ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले मनपरी शुल्क असुल्ने निजी विद्यालयलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने–‘शुल्क मापदन्डको निर्देशिकाअनुसार विद्यालयले शुल्क लिने हो । त्योविपरीत गएर शुल्क लिएका छन् भने कारबाही हुन्छ ।’ रासस