Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


वैशाख ९ मा पार्टी एकता हुन्छ : दाहाल


0
Shares

दाहाल निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए ।

‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि एकताको कुरा टुंग्याएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ’–अध्यक्ष दाहालले भने–‘त्यो दिन लाखौं जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं ।’

कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भने–‘अब चुनाव चिह्न र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।’

नवआगन्तुकलाई स्वागत गर्दै अध्यक्ष दाहालले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निराश नहुन आग्रह पनि गरे । रासस