Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


आलु महोत्सव सुरु


0
Shares

‘सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव यही चैत ३० गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश–प्रदेशको समृद्धिका लागि मेला–महोत्सव फलदायी हुने बताए ।

उनले प्रदेश सरकार बजेट निर्माणमा लागेको भन्दै कृषि क्षेत्रलाई धेरै बजेट विनियोजन गर्ने बताए ।

महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, बालउद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोकदोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्यकलाकारको प्रस्तुति, जापानी सुन्तला प्रदर्शनी, विभिन्न कृषि बीउ–बिजन तथा कृषियन्त्रको प्रदर्शनी रहेका छन् ।

कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ ।

हेम्जामा करिब ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । यहाँ वार्षिक ६ हजार मेट्रिकटन आलु उत्पादन हुने गरेको जनाइएको छ ।