२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


प्रधानमन्त्री ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्रीले गरे स्वागत


0
Shares

उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको स्वागतमा भारतका अर्थ राज्यमन्त्री शिव प्रताव शुक्ला पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमानमा दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै विमानस्थल आउन सक्ने सम्भावना औंल्याइएको भए पनि उनी स्वागतमा आएनन् । भारतले प्रधानमन्त्री ओलीको स्वागतमा कसलाई पठाउने भन्ने सार्वजनिक गरेको थिएन ।

प्रधानमन्त्री ओली विमानस्थलबाट राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका छन् । उनी राष्ट्रपति भवन मै अतिथीका रुपमा रहनेछन् ।