२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भक्तपुरको ऐतिहासिक मल्लकालिन पोखरी पुनर्निर्माण गरिदैं (भिडियो)


0
Shares

भक्तपुरका राजा जितामित्र मल्लको पालामा १८औँँ शताब्दीतिर यो पोखरी निर्माण भएको हो । जितामित्र मल्लका शक्तिशाली भारदारले निर्माण गरेको यो पोखरीको बीचमा शिखर शैलीको मन्दिर रहेको पुष्टि हुने भग्नावशेष फेला परेको इतिहासविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

विशेषगरी मातृका देवीको अवशिष्टका तोरणहरु समेत भेट्टिएकाले यो मल्लकालीन नै भएको र काठमाडौंको रानीपोखरीको समकक्षका रुपमा लिन सकिने उनी बताउँछन् ।

भक्तपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पोखरीको दक्षिण भागमा इट्टैइट्टाको बाटो र बीच भागमा मन्दिर रहनेगरी मौलिक रुपमा ढालेर निर्माण गर्ने तयारी भइरहेको बताए ।

अहिले भने पोखरीमा कालोमाटो हाल्ने काम भएको उनी बताउँछन् । भक्तपुर क्याम्पसभन्दा तल बोरिङ्ग गरेर पोखरीमा पानी भरिँदैछ ।

हुन त २०५९ सालमै पनि यो पोखरीको पुनर्निर्माणको पहल भएको थियो । तर स्थानीय जनप्रतिनिधि नहुँदा पुनर्निर्माणले पूर्णता नपाएको वडाध्यक्ष खत्रीले बताए ।

भक्तपुर नगरपालिकाले कुनै काम ठेक्कामा नदिएकाले यो पनि आफ्नै निगरानीमा स्थानीय उपभोक्ता समिति बनाएर बनाउँदै छ ।

उपभोक्ता समितिका कोषाध्यक्ष्य रञ्जन बमनूले पोखरीको पुनर्निर्माण गर्ने भनेपछि स्थानीयले त्यहाँ फोहोर फाल्न छाडेको र सरसफाइमा सहयोग गरेको बताउँछन् ।

कुनैबेला पोखरीको शहरको परिचय बनाएको भक्तपुरको यस पोखरीलाई रानीपोखरीकै शैलीमा निर्माण गर्न सके भक्तपुरका लागि अर्को पर्यटकीय गन्तब्य बन्नेमा दुईमत छैन ।

भिडियो हेर्नुहोस्