२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा


0
Shares

प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको बताए । उनले भने, ‘शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।’

विप्लव नेतृत्वको माओवादीले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने दृढता व्यक्त गरे ।

उनले भने, ‘यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो ।’ गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उनले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताए ।

उनले वैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने विचार व्यक्त गरे ।

गृहमन्त्री थापाले अब प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नआउने भन्दै नियमसंगत र वैज्ञानिक ढंगले काम हुने बताए । (रासस)