२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ओली र मोदीद्वारा आइसीपीको उद्घाटन, पेट्रोलियम पाइपलाइनको शिलान्यास


0
Shares

प्रधानमन्त्रीद्वयले शनिबार नयाँदिल्लीमा स्वीच थिचेर आइसीपीको उद्घाटन गरेका हुन् ।

नेपाल–भारतको व्यापार–व्यवसायलाई सहजीकरण गर्नका लागि संयुक्तरुपमा यो पोस्ट तयार गरेको हो ।

यो पोस्ट तयार भएपछि दुवै देशलाई समान निर्यात र आयातमा फाइदा पुग्ने विश्वास लिइएको छ ।

आइसीपीमा विद्युत् सबस्टेसन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा ब्यारेक, शौचालय ब्लगलगायत संरचना तयार भएका छन् ।

पेट्रोलियम पाइपलाइनको शिलान्यास
शनिबारै दुवै प्रधानमन्त्रीले अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गरेका छन् ।

दुवै प्रधानमन्त्रीले दिल्लीको हैदरावाद हाउसबाट स्वीच थिचेर संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।

अहिले पाइपलाइनका लागि वीरगन्जमा धमाधम पाइप आइरहेको छ । अब रुट ‘क्लेरेन्स’मा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ ।