२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रदेश–५ को नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशप्रमुख उमाकान्त झाले आइतबार प्रदेशसभामा प्रस्तुत् गरे ।

चालू आर्थिक वर्ष र आगामी वर्षको बजेट निर्माणअघि नीति तथा कार्यक्रम ल्याइएको हो । यही नीति तथा कार्यक्रममा रहेर प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट यही चैत २९ गते संसदमा पेस गर्दैछ ।

प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । पर्यटन पूर्वाधार, दक्ष जनशक्तिको विकास तथा उद्योगहरुको स्थापना गर्ने सरकारको योजना छ ।

राष्ट्रिय गौरवका योजनादेखि स्थानीय तहमा सन्चालित योजनामा प्रदेश सरकारले मध्यस्तता गर्ने र समयमै आयोजना सम्पन्न गर्न निगरानी गर्ने उल्लेख छ ।

कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकास गर्ने रणनीति अवलम्बन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । प्रदेशसभामा छलफलपछिमात्रै नीति कार्यक्रम पारित हुनेछ ।