२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ओली–मोदी ‘वान टु वान’ वार्ता रहस्यमय : बाबुराम


0
Shares

आइतबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा सन्चारकर्मीहरुसँगको भेटमा भट्टराईले भारतको आफ्नै कूटनीति रहेको भन्दै व्यापार घाटालगायतका विषयमा छलफलै नभएको बताए ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘वान टु वान’ वार्ता रहस्यमय रहेको उनको भनाइ थियो ।

भारतले नेपालको संघीयतालाई बलि चढाउने गरी हिन्दूराष्ट्रको पक्षमा आवाज उठाएको आरोप लगाउँदै नेता भट्टराईले ‘वान टु वान’ भेटमा सो विषयमा कुरा भएको हुनसक्ने आशंका व्यक्त गरे ।