२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेप्से एकैदिन ४४ अंकले उक्लियो


0
Shares

आइतबार सेयरबजार परिसूचक नेप्से ४४ अंकले बढेर १२ सय ९४ विन्दुमा पुग्यो । कारोबार सुरु भएलगत्तै बढेको नेप्सेले ५१ अंक पार गरेको थियो । पछि सच्चिँदै ४४ अंकले बढेको हो ।

यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आयो । बिमा समूह सबैभन्दा उच्च ३५८ विन्दुले बढ्यो । यस्तै, लघुवित्त समूह ८५ अंकले, होटल ८२ अंकले, जलविद्युत् ७२ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि ३३ अंकको सुधार आयो ।

यसदिन कारोबार परिमाण पनि उच्च रह्यो । १७६ कम्पनीका २३ लाख कित्ता सेयर ९१ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।