२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : निजी क्षेत्र


0
Shares

सम्झौता राजनीतिक विषयभन्दा आर्थिक एजेन्डामा केन्द्रित भएकाले दुई देशबीच आर्थिक सम्बन्ध विस्तारमा थप सकारात्मक प्रभाव पार्ने विश्वास निजी क्षेत्रले लिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणकाक्रममा भारतको आर्थिक सहयोगमा रक्सौलबाट काठमाडौं जोड्ने विद्युतीय रेल लाइन बनाउने सहमति भएको छ ।

यस्तै, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकीको उद्घाटन गरिएको थियो ।

यसपटकको प्रधानमन्त्रीको भ्रमण अन्य भ्रमणका तुलनामा बढी फलदायी भएको बताउँछन्, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका ।

विगतमा भारतसँग भएका सहमति, सम्झौता कार्यान्वयनमा समस्या देखिएको भन्दै यसपटक पाँच वर्षका लागि स्थायी सरकार भएकाले कार्यान्वयनसमेत हुने विश्वास उनको छ ।

यसपटकको प्रधानमन्त्रीको भ्रमणकाक्रममा उच्च तहका भारतीय उद्योगी–व्यवसायीकोसमेत सहभागिता रहेकाले लगानीको वातावरण बनाए भारतीयसहित वैदेशिक लगानी भित्रने आइतबार हामीसित कुरा गर्दै उनले उल्लेख गरे ।

सन्चालनमा आएको एकीकृत जाँच चौकीले चोरी–पैठारी नियन्त्रणसहित आयात–निर्यातमा सहजता ल्याउने विश्वास निजी क्षेत्रको छ ।