
काठमाडौं, मंसिर ५ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार बुधबार मात्र हरियो रहेर थामियो ।
तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंकले हरियो रहेर ११ सय ८२ कायम भएर थामिएको हो ।
यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे । जीवनबिमा, विकास बैंक, अन्य, वाणिज्य बैंक र वित्त समूह हरियो रहेका हुन् भने अरु रातो रहेका हुन् ।
जीवनबिमा समूह सबैभन्दा उच्च ३० अंकले उकालो लाग्यो भने होटल समूह सबैभन्दा उच्च २२ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका ८ लाख ५२ हजार कित्ता सेयर २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्