Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


बलात्कार न्यूनीकरणका लागि यस्तो छ योजना


0
Shares

बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

तीन महिना अवधिमा करणी, हिंसालगायतका अपराध बढ्नुको कारण पत्ता लगाउँदै अपराध न्यूनीकरणको उपाय खोजिने जनाइएको छ ।

अपराध र रोकथाम तथा न्यूनीकणका लागि चेतना जगाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिला तथा बालबालिका शिक्षामा जोड दिने, लैंगिक आधारमा हुने हिंसा तथा विभेद अन्त्यका लागि मौजुदा काननुको प्रभावकारी कार्यान्वयनमा जोड दिने, स्थानीय तहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तयार पारिने डीएसपी थापाले बताए ।

महिला तथा बालबालिकालाई डरत्रास, धाकधम्की देखाउने र प्रेम विवाहको बहानामा जबरजस्ती करणी गर्ने गरेको पाइएको छ । –नागरिक दैनिकबाट