१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


वैकल्पिक मार्ग स्तरोन्नतिको काम धमाधम


0
Shares

डेनमार्क सरकारको सहयोगमा गाग्रेभञ्ज्याङ–जीतपुर–सोयाक–चिसापानी सडक स्तरोन्नतिको कामले तिव्रता पाएको हो । उन्नति परियोजनामार्फत् भइरहेको यो सडक निर्माणपछि मंगलबारे र बिर्तामोडको दुरी करिव पचास किलोमिटर घट्ने छ ।

२० करोड ८८ लाख रुपैयाँको लगानीमा स्तरोन्नति भइरहेको सडक निर्माणपछि पश्चिमी इलामका सोयाक, सिद्धिथुम्का, जीतपुर, मंगलबारे, शान्तिडाँडा मात्र नभएर मेची राजमार्गका यातायात साधन आवतजावतमा समेत सहज हुने छ ।

मेची राजमार्गमा गुड्ने सवारी साधन यो सडक हुँदै छिटो तराईसम्म पुग्नेछन् । सडक सञ्चालनमा आएपछि पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने छन् ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इञ्जिनियर ओमराज ढुंगानाले ३२ दशमलव २ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम ७० प्रतिशत पुरा भएको जानकारी दिए ।