२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पाँच अर्बको लगानीमा ‘वार्सटाइनर’ बियर उद्योग सन्चालन


0
Shares

जर्मनी प्रविधिको यो उद्योगले वार्सटाइनर ‘ब्रान्ड’मा बियरको व्यावसायिक उत्पादन सुरु गरेको हो ।

नेपाली उपभोक्ताको रोजाइलाई मध्यनजर गरी उद्योग सन्चालमा ल्याइएको लगानीकर्ताहरुले जनाएका छन् ।

उद्योगको सोमबार जर्मनीमा सन्चालित राजब्रुअरी डिष्टिलरी उद्योगका प्रमुख म्यागी शाह र क्याटरिन क्यामरले संयुक्तरुपमा उद्घाटन गरे ।

नेपालको मध्यम वर्गलाई लक्षित गरी राजब्रुअरीले नेपालमा लगानी गरेको हो । वार्सटाइनर बियरका नेपाल प्रमुख राजबहादुर शाहले उद्योगले दक्षिण एसियामै गुणस्तरीय मापदन्डबाट उत्पादन गर्ने जानकारी दिए ।

कम्पनीले तीन महिनाअगाडिबाट आफ्नो उत्पादन बजारमा पुर्‍याउन सुरू गरेको हो । उद्योगले दैनिक पाँच हजार केस बियर उत्पादन गर्ने जनाइएको छ ।