
नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारणसभाको सोमबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायी, लगानीकर्ता एवं उपभोक्ताको हकहित संरक्षणका लागि सरकारले अपराध नियन्त्रणमा कुनै कसर नराख्ने अठोट व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन तथा विकासको पक्षमा रहेको भन्दै ढुक्क भएर व्यवसाय गर्न आह्वान गरे ।
व्यवसायीहरुले सुनचाँदी व्यवसायलाई स्पस्ट नियमन गर्ने कानुनको अभाव, समग्र व्यवसायको विकास गर्ने वातावरणलगायत सुधारहरुको ध्यानकर्षण गराएका थिए ।
महासंघमा देशभरिका २२ हजार व्यवसायी आबद्ध रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्