२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नीति तथा कार्यक्रम प्रगतिउन्मुख हुन्छ : रक्षामन्त्री


0
Shares

नेकपा एमाले कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा गरेको कार्यकर्ता भेलामा उनले संघीय, प्रदेश र स्थानीय सरकारले गर्ने कामको कार्यविभाजन गरी नीति तथा कार्यक्रम आउने बताए ।

एमाले महासचिवसमेत रहेका उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा कुनै द्विविधा नरहेको भन्दै आगामी वैशाख ९ गते नै पार्टी एकता गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटन मन्त्रालयले घोषणा गरेका १०० दिनका कार्यक्रममध्ये लगभग २७ प्रतिशत अघि बढिसकेको जानकारी दिए ।

सडक पूर्वाधारले नछोएका गाउँपालिकामा यथासम्भव विमानस्थल र त्यो नभएमा हेलीप्याड बनाइने उनको भनाइ थियो ।