Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


ब्राजिलले क्यामरुनलाई हरायो, स्टार खेलाडी नेइमार घाइते


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गएराति ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ ।

दक्षिण अ‍ेमेरिकी टोली ब्राजिलले अफ्रिकी प्रतिद्वन्द्वी क्यामरुनमाथि १–० को साँघुरो जित निकालेको हो ।

खेलको आठौं मिनेटमै ब्राजिलका कप्तान नेयमारको खुट्टाको मांशपेशीमा समस्या आएपछि उनले मैदान छाडे ।

उनकै ठाउँमा मैदान प्रवेश गरेका रिचार्लिसनले ४५ औं मिनेटमा एक गोल गरे ।

दोस्रो हाफमा कुनै पनि टोलीले गोल थप्न नसक्दा एभर्टनका खेलाडी रिचार्लिसनकै गोल निर्णायक बन्यो ।

स्टार खेलाडी नेयमार घाइते भए पनि उनको चोट गम्भीर नभएको बताइएको छ ।

नेयमार हाल फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जमेर्न (पि.एस.जी) बाट खेल्दै आएका छन् ।

उता विश्व विजेता फ्रान्सले उरुग्वेलाई हराएको छ । गएराति भएको खेलमा फ्रान्सले उरुग्वेलाई १–० ले हराएको हो ।

फ्रान्सको जितका ओलिभर जिरुले ५२ औ मिनेटमा पाएको पेनाल्टी अवसरमा गरेको गोल नैं निर्णायक बन्यो ।