Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पाँचौं चन्द्रौटा महोत्सवको तयारी पूरा


0
Shares

कपिलबस्तु । कपिलवस्तुको चन्द्रौटामा भोलिदेखि ‘पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव’ हुने भएको छ ।

‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार’ भन्ने मूलनाराका साथ हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक ब्यापार संघ कपिलवस्तुले जनाएको छ ।

चन्द्रौटा महोत्सव चन्द्रौटा क्षेत्रको पहिचान भएको भन्दै महोत्सवलाई सभ्य, भव्य र शान्तिपूर्ण तवरबाट सम्पन्न हुनेमा जोड दिइएको छ ।

मंसिर १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको संयोजक महादेव पोख्रेलले बताए । 

Skip This