काठमाडौं, मंसिर ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उपभोक्ता संरक्षण ऐनले व्यवसाय जगतमा धेरै समस्या पारेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
चेम्बरले राजधानीमा उपभोक्ता संरक्षण ऐन, २०७५ र यसका कार्यान्वयन पक्षका सन्दर्भमा गरेको कार्यक्रममा उनले व्यवसाय जगतलाई प्रेरित गर्नेगरी सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले ऐन कार्यान्वयनका विविध पक्षबारे जानकारी गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्