Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


एडीबीले करिब ४० अर्ब सहयोग गर्ने


0
Shares

काठमाडौं, मंसिर ४ । एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई ३९ अर्ब ३२ करोड रुपैयाँ बराबर विकास सहायता दिने भएको छ ।

एडीबीले पूर्व–पश्चिम राजमार्ग, सडक सुरक्षा, विद्यालय सुधार परियोजना, लैंगिक समानताका लागि ३४ करोड ३९ लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३९ अर्ब रूपैयाँ बराबरको सहायता उपलब्ध गराउने सहमति गरेको हो ।

समझदारीपत्रमा मंगलबार अर्थ मन्त्रालयमा अर्थसचिव राजन खनाल र एडीबीका लागि नेपालका आवासीय मिसनमा देशीय निर्देशक मुख्तारो खामुदखानोभले हस्ताक्षर गरे ।

उक्त सहायता पूर्व–पश्चिम राजमार्गको कमला–कन्चनपुर सडकखन्डको ८७ किमि सडक सुधार, विद्यालय सुधार परियोजनाअन्तर्गत् प्रकोप सहनशील विद्यालय निर्माणका लागि रहेको छ ।

३९ अर्ब ३२ करोडमध्ये १५ करोड अनुदान हो भने बाँकी रकम सहुलियत ऋण रहेको छ ।