काठमाडौं, चैत ३० । पछिल्ला दिन उच्च दरले उकालो लाग्दै रहेको सुनको भाउमा शुक्रबार भने कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले कमी आएर ५८ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार ५ सयले उकालो लागेर ५८ हजार ९ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ७ सय ४५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १३ सय ४३ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्