Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


लगानीकर्ताले अब इन्टरनेटमार्फत खरिद विक्री आदेश दिन सक्ने


0
Shares

काठमाडौं, चैत ३० । २०७५ सालको शुरु देखि शेयर लगानीकर्ताले इन्टरनेटमार्फत धितोपत्र खरिद विक्रीको लागि आदेश दिन सक्ने भएका छन् ।

ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोवार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गर्न बोर्डले यस अघि नै परिपत्र गरिसकेको थियो ।

उक्त सफ्टवेरमा आवश्यक सुधार गरी यो सुविधा समावेश गरिएको जानकारी बोर्डमा प्राप्त भएको सन्दर्भमा इच्छुक लगानीकर्ताहरुका लागि आगामी २०७५ सालको शुरु देखि इन्टरनेटमार्फत धितोपत्र खरिद विक्रीको लागि आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीलाई परिपत्र गरिएको बोर्डले जनाएको हो ।

उपर्युक्त व्यवस्थावाट लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित हुनु पर्न झन्झटको अन्त्य हुनेछ ।

साथै धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने र निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोवार प्रणालीको लागि आधार तयार हुने वोर्डको अपेक्षा रहेको छ ।