
काठमाडौं, बैशाख १। नयाँ बर्ष २०७५ आजबाट प्रारम्भ भएको छ । कतिपय ज्योतिषीहरुले नयाँ बर्षलाई विभिन्न भविष्यबाणीहरु गरिरहेका छन् ।
गणित अनुसार अहिले बिहान ७ बजेर ५६ मिनेटमा निरायण सुर्य मेष राशी मण्डलमा प्रवेश गर्दछ ।
उक्त समयमा काठमाडौंको पुर्विय क्षितिजमा वृष लग्नको मीन नवम अंस उदाइरहेको हुने ज्योतिषी डा. सुनील सिटौलाले जानकारी दिए ।
यो कुन्डलीको ग्रह स्थिती हेर्दा शनि मंगल युती अली अप्ठ्यारो देखिने डा. सिटौलाले बताए । यसले सरकार प्रमुखलाई कष्ट पर्ने देखी प्राकृतिक आपत विपतबाट जनधनको क्षति बढ्ने पनि उनले बताएका छन् ।
डा. सिटौलाका अनुसार तर लाभ स्थानमा रहेका चन्द्रमा र बुधको युतिले आर्थिक गतिबिधी बढाउने, नयाँ नयाँ रोजगारीको अवसर खुल्ने पनि देखिन्छ ।
एक अन्य नियम अनुसार यो सालको राजा सुर्य ग्रह र मन्त्री मंगल ग्रह रहेका छन ।
यसले सत्ता साझेदार दल बिच फाटो ल्याउन सक्छ र केही प्रदेशमा सरकार परिवर्तनको पनि सम्भावनातर्फ ज्योतिषी डा. सिटौलाले संकेत गरेका छन् ।
ज्योतष शास्त्र अनुसार षड्बलमा शनि ग्रह बजबुत छ । पश्चिमा शक्ती केन्द्रहरुको चहल पहल बढ्न सक्ने भएता पनि धार्मिक सद्भावमा चाँही खलल नपुग्ने नै देखिन्छ ।
सुक्ष्म गणित हेर्दा बैशाख एवम जेठको तेस्रो हप्तासम्म, भदौदेखी कार्तिकको पहिलो हप्तासम्म र पुसकोको पहिलो हप्ता देखी फाल्गुनको दोस्रो हप्तासम्मको समय अली प्रतिकुल रहने छ ।
समग्रमा सरकार प्रमुख, सत्ता साझेदारदल र प्राकृतिक आपद अली अशुभ देखिएता पनि अन्य कुरामा प्रगतीशिल नै देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्