२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


प्रधानमन्त्री ओलीले मन्त्रालयगत कार्यको एपबाटै यसरी गर्दैछन् अनुगमन (भिडियो)


0
Shares

हिमाल पौडेल/राममान डंगोल (इमेज)

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालय एवं संवैधानिक अंगहरुले अघि सारेका योजना र कार्यक्रमहरुको प्रगति विवरण मोबाइल ‘एप’बाटै प्रत्यक्ष अनुगमन गर्न थालेका छन् ।

जसका आधारमा प्रधानमन्त्री ओलीले मातहतका निकायहरुमा भइरहेको कामको मूल्यांकनसमेत गरिरहेको जनाइएको छ ।

सबै मन्त्रालयका सचिवहरुले मन्त्रालयगत कार्यक्रमहरुको अनुगमनसहित त्यसको प्रगति विवरण प्रधानमन्त्रीलाई पठाउन एप बनाइएको छ र त्यसैबाट प्रधानमन्त्रीले अनुगमन गरिरहेका छन् ।

मन्त्रालयले पेस गरेका योजना र कार्यक्रमहरुको नै प्रधानमन्त्रीले अनुगमन गरिरहेका हुन् ।

चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको प्रगति विवरण कागजीरुपमा नभइ प्रविधिको प्रयोग गरी अनुगमन भइरहेको हो ।

प्रधानमन्त्रीले करिब एक महिनादेखि एपमार्फत् बजेटको कार्यान्वयन, नीति तथा कार्यक्रमको अनुगमन मन्त्रालयगतरुपमा गरिरहेका छन् ।

मन्त्रालयले पेस गरेकै योजना र कार्यक्रम कार्यान्वयन भए÷नभएको सम्बन्धित मन्त्रालयका सचिवले एपमा ‘अपलोड’ गर्ने व्यवस्था मिलाइएको र त्यसकै आधारमा प्रधानमन्त्रीले अनुगमन गरिरहेको प्रधानमन्त्रीका सूचना–प्रविधि विज्ञ अस्गर अलीले बताए ।

मन्त्रालयगत योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन एपको प्रयोग पहिलोपटक गरिएको हो ।

यसले मन्त्रालयको प्रगति विवरण लिन छिटो हुने र प्रगतिबारे ढाँट्नसमेत नसक्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्