
शनिबार इलाम सदरमुकाम (खलंगा)को दुई शतवार्षिकीको अवसरमा आयोजित इलाम महोत्सवको उद्घाटन गर्दै उनले देश संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ अघि बढेको बताए ।
‘हामीले विभिन्न चरणका निर्वाचन सम्पन्न गरी देशलाई यहाँसम्म ल्याउन सफल भएका छौ’–उपराष्ट्रपति पुनले भने–‘अबको एकमात्र संकल्प र साझा एजेन्डा विकास र समृद्धि हो । त्यसका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्दछ ।’
संविधानले नै समाजवादी व्यवस्थाको परिकल्पना गरेको उल्लेख गर्दै उनले त्यसका लागि विभिन्न क्षेत्रमा प्रतिस्पर्धाको जरुरी रहेको बताए ।
‘आर्थिक विकास र समृद्धिका लागि प्रदेशहरुले प्रतिस्पर्धा गर्नुपर्छ । प्रतिस्पर्धा मैत्रीपूर्ण र एकापसमा सहयोगात्मक हुनुपर्दछ’–उनले भने ।
उपराष्ट्रपति पुनले राजनीतिक परिवर्तनमा इलाम विशेष योगदान गर्ने जिल्लारुपमा रहेको स्मरण गर्दै समृद्धिको यात्रामासमेत इलामले महत्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको बताए ।
‘इलाम नेपालकै सुन्दर जिल्ला हो । यो जिल्ला कृषि, पशुपालन, शिक्षा, भाषा, संस्कृति र पर्यटनका क्षेत्रमा अत्यन्तै अगाडि छ’–उनले भने–‘यस्तो विविधतायुक्त जिल्लाको विकासका लागि सबै पक्ष र समुदायलाई समेटेर अघि बढ्न आवश्यक छ ।’
कार्यक्रममा प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले देशलाई समृद्ध बनाउन सबै जनता एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रम उद्घाटनअघि विभिन्न जातजातिका साँस्कृतिक झाँकीसहितको र्यालीले इलामबजार परिक्रमा गरेको थियो ।
त्यस अवसरमा इलामका युद्धप्रसाद वैद्यलाई विशिष्ट नागरिकको सम्मान गर्दै रथारोहणसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्