
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि भृकुटीमन्डपमा फ्लोरिकल्चर एसोसिएसन नेपालले प्रदर्शनी आयोजना गरेको हो ।
चार दिनसम्म चल्ने मेलामा मौसमी फूल, फूलको बीउ–विजन, हरितगृह, कृषिऔजारका सामग्रीसहित फूलका ८२ कक्ष छन् ।
हालसम्म ४१ जिल्लामा करिब ६७८ पुष्प व्यवसाय विस्तार भइसक्दा करिब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको एसोसिएसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्