Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेप्से र कारोबार दुवैमा वृद्धि


0
Shares

नेप्से १७ अंकले उकालो लागेर १२ सय ९७ पुग्यो । अन्य समूह झिनो अंकलेमात्र रातो रहेबाहेक अरु सबै समूह हरियो रहे ।

बिमा समूहमा सबैभन्दा उच्च २९३ अंकको वृद्धि आयो । लघुवित्त समूह ७२ अंकले र होटल समूह पनि ५२ अंकले उकालो लागे । विकास बैंक, वित्त, जलविद्युत् र उत्पादनमूलक समूह पनि दोहोरो अंकले उकालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका ११ लाख ७८ हजार कित्ता सेयर ५८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।