काठमाडौं, मंसिर ३ । भारत उद्योग परिसंघ (सीआइआइ)ले निर्माण उपकरणहरुको बृहत् प्रदर्शनी ‘कनम्याक २०१८’ गर्ने भएको छ ।
परिसंघले यही मंसिर ६ देखि ८ गतेसम्म भक्तपुरको सल्लाघारीमा उक्त प्रदर्शनी गर्न लागेको हो ।
प्रदर्शनीमा घरदेखि पूर्वाधार विकासका लागि चाहिने आधुनिक निर्माण उपकरणहरु राखिने परिसंघले जनाएको छ ।
आयोजक समितिका सदस्य विष्णु अग्रवालले व्यवसायीकेन्द्रित यस किसिमको प्रदर्शनीले नेपालमा नयाँ प्रविधि भित्र्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्