
म्याग्दी, बैशाख ५ । म्याग्दीको बेनी-जोमसोम-कोरला सडक आयोजनालाई थप ३० करोड रुपैयाँ प्राप्त भएको छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत चारवटा प्याकेजलाई सहज बनाउन अर्थ मन्त्रालयमार्फत ३० करोड बजेट प्राप्त भएको हो ।
उत्तर-दक्षिण अन्तरदेशीय ब्यापारिक महत्वको सडक आयोजनालाई गत असोज महिनाबाट बजेट विनियोजन नहुँदा मजदुरले समेत काम छोड्न थालेका थिए ।
आयोजनाका प्रमुख नरेन्द्र सुबेदीका अनुसार बेनी-जोमसोम सडकखण्ड अन्तर्गत रहेका चारवटा प्याकेजको बिल भुक्तानी गर्न सहज हुने गरी बजेट प्राप्त भएको हो ।
जोमसोमदेखि कोरला नाकासम्म चारवटा प्याकेजमा काम हुने बताइएको छ ।
उपल्लो मुस्ताङको स्थलगत अनुगमनमा रहेका सुवेदीले सडक विस्तारमा स्थानीयबासीको सहभागिताले थप सहज भएको बताए ।
बेनी –जोमसोम– कोरला सडक अन्तर्गत १ सय ८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकका लागि भिर कटिङ, रिटेनिङ वाल, तारजालीसहितको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्