२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अख्तियारद्वारा विद्युत्का दुई कर्मचारी पक्राउ


0
Shares

नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण शाखाका प्राविधिक चौथो तहका बाबुसाहेब सिंह र तेस्रो तहका लालबाबु पण्डितलाई ३० हजार रुपैयाँ रकमसहित अख्तियारले पक्रेको हो ।

पक्राउ परेका दुवैजना महोत्तरीको मनरासिश्वा नगरपालिका वडा नम्बर–२ र १ का वासिन्दा हुन् ।

दुवैजनालाई विभिन्न ठाउँमा ‘थ्री फेज’ लाइनको मिटर जडान गरिदिएबापत ३० हजार असुल्ने गरेको उजुरीका आधारमा अख्तियारको टोलीले पछ्याउँदै जलेश्वरबाट पक्राउ गर्न सफल भएको अख्तियार बर्दिबासका शाखा अधिकृत प्रकाश थापाले बताए ।