
मूल्य कायम गर्ने बेला र भुक्तानी लिने बेला वर्षेनि झन्झट व्यहोर्नुपरेको भन्दै किसानले दीर्घकालीन समाधान खोजेका हुन् ।
मूल्य कायम गर्न र भुक्तानी लिन जहिलेपनि आन्दोलन गर्नुपरेकाले दीर्घकालीन समाधान गर्न उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले माग गरे ।
तराई क्षेत्रको प्रमुख नगदेबाली उखुको भुक्तानी लिन किसानले सडक बन्द, रिले अनशन, उद्योग बन्दजस्ता आन्दोलन गर्नुपरेको छ ।
उखु बेचेको लामो समयसम्म उद्योगीले भुक्तानी नदिँदा सधैं समस्या व्यहोर्नुपरेको किसानहरुको भनाइ छ ।
हरेक वर्षजस्तै यस वर्षपनि उद्योगीले किसानलाई भुक्तानी दिन आनाकानी गर्दा सरकारले हस्तक्षेप गरेपछि उद्योगीले पैसा दिन थालेका छन् ।
किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ गरी कारबाही गर्ने निर्णय गरेपछि उनीहरुले भुक्तानी दिन थालेका हुन् । कतिपय उद्योगीले अझैपनि पैसा दिन मानेका छैनन् ।
सरकारी निर्देशनपछि सर्लाहीको इन्दुशंकर चिनी उद्योगले अहिले किसानको भुक्तानी दिइरहेको प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्