
कोषको शुक्रबार राजधानीमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७१/०७२ र ७२/७३ को नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने उक्त प्रस्ताव पारित गरेको हो ।
कोष गत वर्ष कोष संकलन १३ प्रतिशत बढीले बढाएर ९३ अर्ब ५४ करोड रुपैयाँ पुुर्याउन सफल भएको पनि अध्यक्ष महाश्रम शर्माले प्रतिवेदन प्रस्तुत् गर्दै जानकारी गराए ।
वर्ष २०७३/०७४ मा लगानी पनि अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भइ ९१ अर्ब ६७ करोड पुगेको पनि जनाइएको छ ।
कोष हालसम्म विभिन्न ८ ओटा संकटग्रस्त बैंक तथा वित्तीय संस्थामा फसेको मुद्दती निक्षेपमध्ये ५६ प्रतिशत अर्थात् ५३ करोड ५३ लाख उठाउन सफल भएको पनि अध्यक्ष शर्माले जानकारी गराए ।
कोषले बचत संकलनको क्षेत्र विस्तार, लगानी क्षेत्र तथा दायरा विस्तार, पुँजीबजार सेवा विस्तार तथा सूचना–प्रविधिको विकासलगायतका थुप्रै योजना तथा कार्यक्रम अघि सारेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्