१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भीर : गृहमन्त्री


0
Shares

मंगलबार ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री थापाले आयोगका पदाधिकारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पस्ट पारेका हुन् ।

गत आइतबार साँझ प्रमुख आयुक्त डा. यादवको निवासको पर्खालमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

सो अवसरमा गृहमन्त्री थापाले केही समूह अस्थिरता निम्त्याउन उद्दत रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइने बताए ।

उनले घटनामा संलग्नको पहिचाननजिक पुगिसकिएको भन्दै उनीहरु छिट्टै पक्राउपर्ने पनि जानकारी गराएका थिए ।

गृहमन्त्री थापासँगै गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि डा. यादवको निवासमा पुगेका थिए । रासस