२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


काठमाडौंमा मेघगर्जन र असिनासहितको वर्षा


0
Shares

उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

उनकाअनुसार अहिले पश्चिमी भेगमा पूर्णबदली तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा पूर्णबदली छ ।

पश्चिमको बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले साँझपख काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भेगमा बदली र मेघगर्जनसहित वर्षा हुनेछ ।

केही स्थानमा भने हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहीबेरअघि काठमाडौंको उत्तरी क्षेत्रमा मेघगर्जन र असिनासहितको वर्षा भएको छ ।

मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने मौसमविद् रिमालको भनाइ छ ।

बिहीबारदेखि विकसित मौसमी प्रणालीले बदली गराउनाका साथै मेघगर्जनसहित वर्षा गराएको हो । केही समय आकाश खुले पनि पुनः बदली र वर्षा गराउनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौंमा २ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, ताप्लेजुङमा २ र पोखरामा २ मिलिमिटर वर्षा भएको छ । शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् १२ र अधिकतम् तापक्रम २६ डिग्री सेल्सियस छ । रासस