काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले रहरले कर तिर्ने वातावरण तयार पारिने बताएका छन् ।
सातौं कर दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आम्दानीअनुसारको कर तिर्न सबैसँग आग्रह गरे ।
समृद्ध मुलुक निर्माणको लागि कर आवश्यक रहेको भन्दै उनले सरकारले जथाभावी कर नलगाएको पनि प्रष्ट पारे ।
उनले आफूले तिर्ने कर अफ्नै सुविधाका लागि हो भन्ने कुरा नबिर्सन पनि आग्रह गरे ।
समयमा कर नतिर्ने जो सुकैलाई पनि सरकारले कानुनको दायरामा ल्याउने उनको भनाई थियो ।
उनले कर प्रणालीलाई प्रभावकारी, नीतिगत, व्यवहारिक र वैज्ञानिकीकरण गर्ने पनि बताए ।
अर्थमन्त्री डा. खतिवडाले सरकार र नीजि क्षेत्रको हातेमालोबाट कर प्रणालीलाई व्यवस्थित गर्न सकिने भन्दै सहकार्यका लागि नीजि क्षेत्रलाई आग्रह गरे ।
कार्यक्रममा उत्कृष्ट कर दातालाई सम्मान गरिएको थियो ।
कर दिवस ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नाराका साथ साताव्यापी रुपमा मनाइँदै छ ।









प्रतिक्रिया दिनुहोस्