
फाइल तस्वीर
विराटनगर, वैशाख १६ । केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ ।
धर्मगुरु आचार्यलाई गत चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए ।
दाहिने छातीकोे माथिल्लो भागमा गोली लागेर गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो ।
उनलाई सघन कक्षमा राखी वरिष्ठ चिकित्सक सुदीप खनियाँको समूह उपचारमा जुटेको थियो ।
घटनापछि प्रहरीले शंकास्पद दुईजनालाई पक्राउ गरे पनि अनुसन्धानपछि छुटेका थिए भने अपराधी अहिलेसम्म पक्राउ नपरेकोमा धार्मिक अनुयायीहरुले आलोचना गर्दै आएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्