२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपालका सडकहरु पैदल यात्रुहरुका लागि सुरक्षित छैनन् : वातावरणविद् तुलाधर


0
Shares

काठमाडौं, वैशाख १६ । वातावरणविद् भुषण तुलाधरले नेपालका सडकहरु पैदल यात्रुहरुका लागि सुरक्षित नरहेको बताएका छन् ।

आइतबार राजधानीमा अयोजित कार्यक्रममा उनले जसरी नेपालमा जातजती, कला संस्कृतिको विविधता छ, त्यसैगरी सडकमा पनि विविधता रहेको बताए ।

सडकहरु सवारी साधनका लागिमात्र नभई पैदल यात्रु, सवारी साधन पार्किङ्, आराम गर्ने ठाउँ पनि हुनुपर्ने भन्दै तुलाधरले सडक बनाउँदा यस्ता कुराहरुमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उपत्यकाको अधिकांश सडकमा पैदल यात्रुका लागि पेटीसमेत नभएको र छुट्टै साइकल लेन पनि नभएको बताए ।