संखुवासभा, कात्तिक ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलस्रोतलाई समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार संखुवासभास्थित ‘अपर अरुण’को स्थलगत अवलोकन गर्न पुगेका मन्त्री पुनले जलस्रोतको विकासबाटै मुलुक समृद्ध हुने धारणा राखे ।
अपर अरुण जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएको भन्दै उनले सरकारले १९ ओटा साना, मझौला र ठूला आयोजना निर्माणको लक्ष्य लिएको बताए ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले अपर अरुणको हेलिकोप्टरबाट स्थलगत अवलोकन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्