काठमाडौं, कात्तिक ३० । नेपाल पश्मिना उद्योग संघ र नेपाल चेम्बर अफ कमर्सले नक्कली पश्मिनाका वस्तुमा पश्मिनाको लेबल नलगाउन व्यवसायीलाई सचेत गराएका छन् ।
संघले शुक्रबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी नक्कली पश्मिनाका वस्तुमा सक्कली पश्मिनाको लेबल लगाउँदा तत्काललाई फाइदा पुगेपनि दीर्घकालीनरुपमा त्यसले ठूलो असरपार्ने भन्दै व्यवसायीलाई सचेत बन्न आग्रह गरिएको हो ।
च्यांग्राको भित्री भुवा साढे १७ माइक्रोनभन्दा तलको भित्री भुवालाई पश्मिना भनी प्रमाणित गरिएको संघले जनाएको छ ।
सो भुवा वा सो भुवाबाट बनेको वस्तुमामात्र पश्मिनाको लेबल प्रयोग गर्न पाइने संघले जनाएको छ ।
नेपाली च्यांग्रा पश्मिनाको सामूहिक व्यापार चिह्न नेपाल, जापान, भारत, चीन, अष्ट्रेलिया, क्यानडा, अमेरिका, युरोपलगायत विश्वका ४७ देशहरुमा दर्ता भइ उक्त ट्रेडमार्कअन्तर्गत् नेपाली पश्मिनाको बिक्री–वितरण भइरहेको संघले जनाएको छ ।
उक्त मापदन्डभित्र रहेर नेपालमा उत्पादन हुने पश्मिनाजन्य वस्तुहरुमामात्र पश्मिनाको लेबल प्रयोग गर्न संघले आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्