प्रकाश लम्साल (इमेज)
बारा, कात्तिक ३० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले अब देशमा कृषि क्रान्ति आवश्यक देखिएको बताएका छन् ।
बाराको सिमरामा शुक्रबारदेखि सुरु भएको बारा महोत्सवको उद्घाटन गर्दै उनले विदेश पलायन हुने जनशक्तिलाई देशमै रोकेर कृषिमा लगाउनसके कृषि क्रान्ति हुने बताए ।
जलविद्युत्को अपार स्रोतलाई प्रयोग गर्नसकेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार हुने उनको भनाइ थियो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बेद भट्टले बारा महोत्सवले यस क्षेत्रको पर्यटन प्रवर्धनमात्र नभइ कृषि उत्पादनको बजारसमेत बढाउने धारणा राखे ।
मेला सिमरास्थित दुधौरा खोलाको किनारमा सन्चालन गरिएको छ । मेला १० दिनसम्म चल्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्