
काठमाडौं, असार १२ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय शीर्षकमा विनियोजन विधेयक २०७५ माथि छलफल भएको छ ।
विनियोजन विधेयकअन्तर्गत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गर्दै सांसद डा. मीनेन्द्र रिजालले कार्यालयको भइपरी आउने खर्च शीर्षकमा बजेट विनियोजन गरिएकोप्रति आपत्ति जनाए ।
सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय शीर्षकमा खर्च कटौतीको प्रस्ताव पेस गरे ।
यस्तै, सांसद दुर्गा पौडेलले विनियोजन विधेयक २०७५ अन्तर्गत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय शीर्षकको रकम कटौतीको प्रस्ताव पेस गरिन् ।
दफावार छलफल सकिएपछि सम्बन्धित मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्