
काठमाडौं, कात्तिक २९ । कुनै समय सेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका सेयरबजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीकोमात्रै सेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको सेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् ।
सेयरबजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका सेयरमासमेत परेको छ ।
राम्रो भनिएका र ठानिएका कम्पनीको सेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।
कुनै समय जलविद्युत् कम्पनीको सेयर लगानीकर्ताका लागि प्रमुख आकर्षणको थलो रहँदै आएको थियो ।
लामो समयदेखि ओरालो लागेको नेसनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता सेयर रु ७७ मा खरिद–बिक्री भएको छ । बुधबार सो कम्पनीको सेयर आधारभूत मूल्यभन्दा रु २३ कममा खरिद–बिक्री भएको छ ।
यस्तै, दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको सेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरिद–बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता सेयर रु ९७ मा खरिद–बिक्री भएको स्टकको तथ्यांकले देखाएको छ ।
घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाईसमेत परेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता रु ९७ मा कारोबार भएको छ ।
आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ ।
चिलिमे जलविद्युत् कम्पनीको सेयरबाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्यांकले देखाउँछ ।
सरकारी स्वामित्वको चिलिमे कम्पनीको सेयर प्रतिकित्ता रु ६८८ मा कारोबार भएको छ ।
कुनै समय चिलिमे जलविद्युत् कम्पनीको सेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको सेयरमासमेत उच्च गिरावट आएको छ ।
स्टककाअनुसार अरुण काबेली जलविद्युत् कम्पनीको सेयर रु २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १२६, बरुण हाइड्रोपावर कम्पनीको सेयर रु १२१ मा खरिद–बिक्री भएको छ ।
रु ५०१ मा थप सार्वजनिक निष्कासन गरेको बुटवल पावर कम्पनीको सेयरसमेत घटेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता रु ४६० मा खरिद–बिक्री भएको छ ।
छ्याङ्दी हाइड्रोपावरको सेयर रु १०८, कालिका पावरको रु ११३, नेपाल हाइड्रो डेभलपर्सको रु १२० मा खरिद–बिक्री भएको छ ।
हिमालयन पावर पार्टनरको रु २०५, ङादी ग्रुप पावरको रु १२९, पञ्चकञ्या माईको रु १२३, राधी विद्युत् कम्पनीको रु १८० र रैराङ हाइड्रोपावरको सेयर प्रतिकित्ता रु १११ मा खरिद–बिक्री भएको छ ।
यस्तै, रिडी हाइड्रोपावरको सेयर रु १०५, सिनर्जी पावर डेभलपर्सको रु १०० र युनाइटेड मोदीको प्रतिकित्ता रु १४३ मा खरिद–बिक्री भएको छ ।
नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत् कम्पनीको कुनै तथ्यांक देखिएको छैन ।
धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण सेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका सेयर निरन्तर ओरालो लागिरहेको छ ।
कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री ग¥यो भने बुधबारदेखि मध्यभोटेकोसी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण सेयर बिक्री सुरु गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्