Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


वायुसेवा निगम अप्ठ्यारोमा, पत्रकार सम्मेलनमा एमडीलाई बोल्न दिइएन


0
Shares

काठमाडौं, कात्तिक २९ । नेपाल वायुसेवा निगम उच्च आर्थिक जोखिममा रहेको छ ।

नयाँ विमान खरिद गरेर पनि सन्चालन गर्न नसक्दा निगमलाई दैनिक आर्थिक भार थपिइरहेको छ भने व्यवस्थापकहरुबीच राम्रो सम्बन्ध नहुँदा निगम थप धरासायी हुने खतरा बढेको देखिन्छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेल र प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारबीचको सम्बन्ध राम्रो हुन नसक्दा निगम थप समस्यामा परेको हो ।

बिहीबार राजधानीमा श्वेतपत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि उनीहरुबीचको असहज सम्बन्धको प्रस्ट संकेत देखियो ।

कार्यकारी अध्यक्ष खरेलले श्वेतपत्रबारे आफ्नो धारणा राखेर पत्रकारलाई प्रश्न सोध्न दिनुअघि आफूलेमात्रै उत्तर दिने नियम रहेको बताए ।

तर, नयाँ विमान खरिदका सम्बन्धमा सोधिएको प्रश्नको उत्तर नदिइ ‘यसबारे अर्को पत्रकार सम्मेलन गर्ने’ भनेर पन्छिए ।

निगमका प्रवक्ताले श्वेतपत्रबारे थप जानकारी दिएपनि सँगै रहेका प्रबन्ध निर्देशक कंसाकारलाई भने बोल्न दिइएन । यसले निगमको व्यवस्थापनमा भित्रभित्रै तीव्र असन्तुष्टि रहेको देखाउँछ ।

यसतर्फ सरकारले बेलैमै ध्यान दिन नसके वायुसेवा निगम कुनैपनि बेला घुँडा नटेक्ला भन्न सकिँदैन ।