Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम अघि बढ्यो


0
Shares

काठमाडौं, कात्तिक २९ । दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्यान्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो ।

अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान सिसडोलबाट दुई किलोमिटर पर बञ्चरेडाँडामा रहेको छ । उक्त केन्द्र निर्माणका लागि अहिले बाटो विस्तारको काम भइरहेको छ ।

काठमाडौं उपत्यकाका १८ ओटा स्थानीय तहका फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिकटन फोहर लगिने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ ।

वर्षाको समय आएपछि बाटो पहिरोले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने गरेको छ ।

हाल महानगरमा फोहरमैला व्यवस्थापनमा एक हजार ६ जना कर्मचारीले काम गरिरहेका छन् । रासस