
सोमबार प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेशसभा सचिवालयद्वारा आयोजित कार्यक्रममा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाका सदस्य र कर्मचारीका लागि जिल्लाहरुको पहिचान समेटेर तयार पारिएको लोगो सार्वजनिक गरेका हुन् ।
प्रदेशको नामाकरण नभएपनि लोगोमा सिस्ने हिमाल, नेपालको झन्डा, मायादेवी मन्दिर, लुम्बिनीको अखन्ड ज्योति, महिला–पुरुषले हात मिलाएको र वरिपरि धान, गहुँ र जौको बाला घेरिएको छ ।
१२ जना प्रतिस्पर्धीमध्ये दाङ, तुलसीपुरका खगेश्वर भण्डारीले बनाएको लोगोलाई छनोट गरिएको हो । उनलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानितसमेत गरिएको छ ।
यस्तै, ५ नम्बर प्रदेशसभाको आधिकारिक वेबसाइट र प्रदेशसभा नियमावली २०७४ सहितको पुस्तक पनि सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस्